एक रुपैयाँ घट्यो काठमाडौँ उपत्यकाको भाडा, चढ्ने बित्तिकै १८ रुपैयाँ
काठमाडौँ । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा एक रुपैयाँ भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपछि प्रदेश सरकारले बिहीबार सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १ रुपैयाँ भाडा घटेको हो । यो ३।२६ प्रतिशतको गिरावट भएको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले रातोपाटीलाई जानकारी दिए ।
यससँगै, यसअघि चढ्ने बित्तिकै १९ रुपैयाँ तिर्नुपर्ने भाडा घटेर अब १८ रुपैयाँमा झरेको छ । यसको अर्थ यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्छ । यस्तै, प्रदेश राजपत्रका अनुसार १० किलोमिटरसम्मको दूरीमा २४ रुपैयाँ भाडा छ ।
२० किलोमिटरको यात्रा गर्दा ३२ रुपैयाँ भाडा तय भएको छ भने २० किलोमिटरभन्दा माथिको भाडादर ३७ रुपैयाँ कायम भएको छ । यसअघि, यो दूरीको यात्रा गर्दा यात्रुले १ रुपैयाँ बढी भाडा तिर्नुपर्थ्यो । पौडेलका अनुसार प्रतिशतमा घटाइएको भाडादर १ रुपैयाँ कायम भएको हो ।
प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत घटबढ भएपछि सार्वजनिक यातायातको भाडादर समायोजन हुन्छ । यसका लागि प्रदेश सरकारले १५ वटा सूचक तय गरेको छ । र, यहीअनुसार भाडादर समायोजन हुने गरेको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण