विश्वभरी यस पटक जुलाई महिना सबैभन्दा गर्मी हुने, १ लाख २० हजार वर्षको रेकर्ड तोडिन सक्ने
विश्वभरी जुलाईलाई सबैभन्दा गर्मी महिना मानिएको छ । वैज्ञानिकका अनुसार यस पटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड पनि तोड्नेछ ।
यो महिना सकिन अझै केही दिन बाँकी नै छ । केही विशेषज्ञका अनुसार यस वर्ष जुलाई पछिल्लो १,२०,००० वर्षकै सबैभन्दा गर्मी महिना साबित हुन सक्छ । युरोप र अमेरिकासमेत विश्वका थुप्रै हिस्सामा भीषण गर्मीको प्रकोप छ ।
धेरै देशमा चर्को गर्मी बढिरहेको छ । संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले विश्व ग्लोबल वार्मिङबाट अघि बढेर ग्लोबल बोयलिङको चरणमा पुगिसकेको बताएका छन् ।
वैज्ञानिकका अनुसार जीवाश्म इन्धनको बढी प्रयोगले गर्मी बढिरहेको छ । नेपाललगायत भारतमा पनि जुलाईमा असाधारण गर्मी देखिएको छ । वैज्ञानिकले यो ग्लोबल वार्मिङको नतिजा भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन हाम्रो अस्तित्वको लागि चुनौती बनेको बताएका छन् । उनका अनुसार अब कसैले पनि जलवायु परिवर्तनको वास्तविकतालाई अस्वीकार गर्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण