दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएपछि अप्ठ्यारोमा अर्जेन्टिना
काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २—२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना अप्ठ्यारोमा परेको छ ।
समूह ‘जी’ मा दुई खेल खेलेको अर्जेन्टिना एक अङ्कसहित चौथो स्थानमा छ । दुई खेलबाट एक अङ्क बटुलेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । एक खेल खेलेको स्विडेन तीन अङ्कसहित पहिलो र एक खेलबाटै तीन अङ्क जोडेको इटाली दोस्रो स्थानमा छन् ।
अर्जेन्टिना आफ्नो पहिलो खेलमा इटालीसँग १—० गोलले पराजित भएको थियो । अर्जेन्टिनाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल स्विडेनसँग खेल्नेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई गोलले पछाडि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई बराबरीमा टुङ्ग्याएको थियो ।
खेल सुरु भएको ३०औँ मिनेटमा लिन्डा मोटहलोले पहिलो गोल गरेकी थिइन् । ६६औँ मिनेटमा कगातलानाले दक्षिण अफ्रिकाको अग्रता दोब्बर बनाएकी थिइन् । त्यसपछि अर्जेन्टिना खेलमा फर्किएको थियो । ७४औँ मिनेटमा अर्जेन्टिनाका लागि सोफिया ब्राउनले पहिलो गोल गरिन् । ७९औँ मिनेटमा रोमिना नुनेजले दोस्रो गोल फर्काएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण