कसको कारण दोधारमा मरिश्का ?
काठमाडौं – तरकारीवाली कुसुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’को दोश्रो गीत ‘दोधारमा परे म’को रिलिज भएको छ । दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईको शब्द रहेको यो गीतमा भने कुसुम श्रेष्ठ देखिएकी छैनन् ।
नयाँ बर्षको २८ गते रिलिज हुने चलचित्र ‘लम्फू’को यो गीतमा नायिका मरिश्का पोखरेल देखिएकी छन् । उनलाई नव अभिनेता नवनायक कबिर खड्काले साथ दिएका छन् ।
शिव विकको नृत्य रहेको गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको देखाइएको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कुसुमका अलवा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथामा बनेको यो चलचित्र पपुलर मल्टिमीडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण