सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चाले पढेको बिर्सिहाल्छ ? यी चार तरिका अपनाउनुहोस्, स्मरण शक्ति तेज हुनेछ

आइतबार, १४ साउन २०८०, १३ : ५०
आइतबार, १४ साउन २०८०

उत्कृष्ट भविष्यका लागि अभिभावकले बच्चाको पढाइमा विशेष ध्यान दिन्छन् । कोही बच्चा पढ्न असाध्यै तेज हुन्छन् भने कतिको स्मरण शक्ति थोरै कमजोर हुन्छ । यस्तो अवस्थामा उनीहरुले पढेका कुराहरू छिट्टै बिर्सने गर्छन् । यदि तपाईंको बच्चाको पनि पढेपछि छिट्टै बिर्सने बानी छ भने यी चार तरिकाले तपाईंलाई सहयोग गर्न सक्छन् ।

उदाहरण दिनुहोस्

बच्चाले पढेको कुरा बिर्सिहाल्छ भने उनीहरूलाई बुझाउनका लागि तपाईं उदाहरणको मद्दत लिन सक्नुहुन्छ । यस्तै बच्चालाई वास्तविक जीवनको उदाहरण दिनु उचित हुन्छ । यसो गर्दा बच्चाले टपिकलाई राम्रोसँग कनेक्ट गर्न पाउँछन् र त्यस्तो टपिक बच्चालाई लामो समयसम्म याद रहन्छ । त्यसैले बच्चालाई पढाउने बेला साधारणको सट्टा उदाहरण दिएर सम्झाउँदा राम्रो ।

पढाइको आनन्द महसुस गराउनुहोस्

बच्चालाई पढाउँदा तपाईं केही रोचक टिप्स र ट्रिक ट्राई गर्न सक्नुहुन्छ । यस्तो गर्दा बच्चालाई पढाई बोझ लाग्दैन र बच्चा पढ्ने बेला पनि बोर मान्दैनन् । साथै, रोचक तरिकाले पढाउँदा बच्चालाई टपिकमा रुचि हुन थाल्छ र थुप्रै घण्टासम्म मज्जाले पढ्न सक्छन् । 

डिकोडिङ जरुरी

बच्चा नयाँ पढ्दै गर्दा पुरानो पढेको कुरा बिर्सन्छन् । त्यसैले बच्चालाई पढाउनु मात्रै पर्याप्त छैन । पढाएपछि बच्चालाई टपिक याद गर्न पनि भन्नुहोस् । साथै, बच्चाले त्यस टपिकबारे गरेको कुराकानी सुन्ने कोसिस गर्नुहोस् । यसो गर्दा बच्चाको रिभिजन हुन्छ र पढेको कुरा धेरै दिनसम्म बिर्सने छैनन् । 

लगातार नपढाउनुहोस्

कति पटक अभिभावकले जोसमा आएर बच्चालाई थुप्रै घण्टासम्म पढाउँछन् । यस्तोमा केही समयपछि बच्चाको दिमाग सुस्त हुन्छ र बच्चाले पढेको पनि बुझ्दैनन् । त्यसैले हरेक एक घण्टामा बच्चालाई केही समय ब्रेक दिनुहोस् । साथै यति बेला उनीहरूलाई शारीरिक क्रियाकलाप र पानी पिउने सल्लाह दिनुहोस् । यसो गर्दा बच्चा रिफ्रेश हुन्छन् र राम्रोसँग पढ्न सक्नेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप