बच्चाले पढेको बिर्सिहाल्छ ? यी चार तरिका अपनाउनुहोस्, स्मरण शक्ति तेज हुनेछ
उत्कृष्ट भविष्यका लागि अभिभावकले बच्चाको पढाइमा विशेष ध्यान दिन्छन् । कोही बच्चा पढ्न असाध्यै तेज हुन्छन् भने कतिको स्मरण शक्ति थोरै कमजोर हुन्छ । यस्तो अवस्थामा उनीहरुले पढेका कुराहरू छिट्टै बिर्सने गर्छन् । यदि तपाईंको बच्चाको पनि पढेपछि छिट्टै बिर्सने बानी छ भने यी चार तरिकाले तपाईंलाई सहयोग गर्न सक्छन् ।
उदाहरण दिनुहोस्
बच्चाले पढेको कुरा बिर्सिहाल्छ भने उनीहरूलाई बुझाउनका लागि तपाईं उदाहरणको मद्दत लिन सक्नुहुन्छ । यस्तै बच्चालाई वास्तविक जीवनको उदाहरण दिनु उचित हुन्छ । यसो गर्दा बच्चाले टपिकलाई राम्रोसँग कनेक्ट गर्न पाउँछन् र त्यस्तो टपिक बच्चालाई लामो समयसम्म याद रहन्छ । त्यसैले बच्चालाई पढाउने बेला साधारणको सट्टा उदाहरण दिएर सम्झाउँदा राम्रो ।
पढाइको आनन्द महसुस गराउनुहोस्
बच्चालाई पढाउँदा तपाईं केही रोचक टिप्स र ट्रिक ट्राई गर्न सक्नुहुन्छ । यस्तो गर्दा बच्चालाई पढाई बोझ लाग्दैन र बच्चा पढ्ने बेला पनि बोर मान्दैनन् । साथै, रोचक तरिकाले पढाउँदा बच्चालाई टपिकमा रुचि हुन थाल्छ र थुप्रै घण्टासम्म मज्जाले पढ्न सक्छन् ।
डिकोडिङ जरुरी
बच्चा नयाँ पढ्दै गर्दा पुरानो पढेको कुरा बिर्सन्छन् । त्यसैले बच्चालाई पढाउनु मात्रै पर्याप्त छैन । पढाएपछि बच्चालाई टपिक याद गर्न पनि भन्नुहोस् । साथै, बच्चाले त्यस टपिकबारे गरेको कुराकानी सुन्ने कोसिस गर्नुहोस् । यसो गर्दा बच्चाको रिभिजन हुन्छ र पढेको कुरा धेरै दिनसम्म बिर्सने छैनन् ।
लगातार नपढाउनुहोस्
कति पटक अभिभावकले जोसमा आएर बच्चालाई थुप्रै घण्टासम्म पढाउँछन् । यस्तोमा केही समयपछि बच्चाको दिमाग सुस्त हुन्छ र बच्चाले पढेको पनि बुझ्दैनन् । त्यसैले हरेक एक घण्टामा बच्चालाई केही समय ब्रेक दिनुहोस् । साथै यति बेला उनीहरूलाई शारीरिक क्रियाकलाप र पानी पिउने सल्लाह दिनुहोस् । यसो गर्दा बच्चा रिफ्रेश हुन्छन् र राम्रोसँग पढ्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण