मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नापी कार्यालय चाबहिलका अधिकृतविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा

आइतबार, १४ साउन २०८०, १४ : २१
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नापी कार्यालय चाबहिलमा कार्यरत तत्कालीन नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

 भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

उनको एक करोड चार लाख तीन हजार नौ सय एकचालिस रूपैयाँ त्रियासी पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत नखुलेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप