अध्यक्ष नेपालले भने–०७४ को मतको सदुपयोग गरेको भए ०७९ मा कम्युनिष्ट पार्टीको दुई तिहाइ बढी सिट आउँथ्याे
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए ०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाईभन्दा बढी सिट जित्ने बताएका छन् ।
आइतबार नेकपा(एकीकृत समाजवादी) मनाङ–काठमाडौँ सम्पर्क मञ्चको ५ औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताए । उनले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने बताए । उनले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको बताए ।
कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै अध्यक्ष नेपालले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका बताए । समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उनको भनाई छ ।
अध्यक्ष नेपालले इमान्दारिताका साथ अगाडि बढेमा कसैसँग तर्सिनुपर्ने आवश्यकता नहुने भन्दै इमान्दारिताका साथमा अगाडि बढ्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण