मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष नेपालले भने–०७४ को मतको सदुपयोग गरेको भए ०७९ मा कम्युनिष्ट पार्टीको दुई तिहाइ बढी सिट आउँथ्याे

आइतबार, १४ साउन २०८०, १९ : ०७
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए ०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाईभन्दा बढी सिट जित्ने बताएका छन् ।  

आइतबार नेकपा(एकीकृत समाजवादी) मनाङ–काठमाडौँ सम्पर्क मञ्चको ५ औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताए । उनले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने बताए । उनले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको बताए । 

कम्युनिस्ट पार्टीहरु विश्वभर फैलिइरहेका भन्दै अध्यक्ष नेपालले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका बताए । समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उनको भनाई छ । 

अध्यक्ष नेपालले इमान्दारिताका साथ अगाडि बढेमा कसैसँग तर्सिनुपर्ने आवश्यकता नहुने भन्दै इमान्दारिताका साथमा अगाडि बढ्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप