बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा ८२ स्टल रहने, २० अर्ब बढी व्यापारको अपेक्षा

सोमबार, १५ साउन २०८०, १६ : ३३
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नाडा अटो शो २०२३ का लागि साना ठूला गरी ८२ वटा स्टल रहने भएका छन् । अटो शोका लागि परेका कुल आवेदनहरु मध्येबाट ८२ वटा स्टलको टुंगो लागेको हो । 

नाडा अटो एक्सपोमा सहभागी हुने सबै फर्म/कम्पनीरुले समान अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गरिएकोआयोजक नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

कूल ८२ स्टलहरुमध्य चार पाङ्ग्रे सवारी साधनका १७ वटा, दुई पाङ्ग्रेका २३ वटा, कमर्सियल सवारीका ६ वटा, बैंक तथा वित्तीय संस्थाहरुका ५ वटा र अटो स्पेयर पार्टस, टायर लुब्रिकेन्ट, कम्पोनेन्ट र एसोसरिजहरुका ३१ वटा स्टलहरु रहने नाडाले जनाएको छ । 

झण्डै चार वर्षपछि नाडा अटो शो हुने लागेकोमा सहभागिहरुको उत्साहजनक सहभागिता रहने देखिएको नाडाले जनाएको छ । 

१५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, यही आउँदो भदौ २६ गते देखि ३१ गतेसम्म जम्मा ६ दिन काठमाडौँ स्थित प्रदर्शनीमार्गको भृकुटी मण्डप आयोजना हुँदैछ । 

विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत् रुपमा आयोजना हुने अपेक्षा राखिएको यस प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने विश्वास नाडाले राखेको छ । 

nn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप