जनार्दन शर्माले किन बोलाए संगठन विभागको बैठक ?
काठमाडौँ । माओवादी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले विभागको बैठक बोलाPका छन् । बुधबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा संगठन विभागको तर्फबाट आवश्यक सल्लाह र सुझाव दिन तथा विभागको कामलाई थप चुस्त बनाउन शर्माले बैठक बोलाएका हुन् ।
पार्टी कार्यालय पेरिसडाँडामा विभागको बैठक मंगलबार नै बस्न लागेको शर्माले जानकारी दिए । विभागलाई थप प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने उनको भनाइ छ ।
‘हामीले यसअघि विभागको तर्फबाट अध्यक्षलाई प्रतिवेदन बुझाइसकेका छौँ । आजको बैठकमा विभागलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा थप छलफल हुन्छ । विभागहरू ठूलो र भद्दा भएको गुनासो आएको छ । यसमा थपघट गर्ने वा के गर्ने भन्ने विषयमा छलफल गर्छौँ । विभागका तर्फबाट आएका थप सुझावलाई केन्द्रीय समिति बैठकमा पेस गर्छौँ’, उनले भने ।
विभागले काम गर्न नसकेको भन्ने आरोपप्रति उनले असहमति जनाए ।
‘विभागले काम नै गर्न नसकेको होइन, काम धेरै भएका छन्’, उनले भने, ‘व्यवस्थित हुन नसकेको हो । केन्द्रीय समितिको बैठकपछि यसलाई प्रभावकारी बनाउनुपर्छ ।’
माओवादीमा ३२ वटा विभाग रहे पनि अधिकांश निष्क्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण