कोशीको मुख्यमन्त्रीमा थापालाई नै अघि सार्ने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सारेको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलका बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेका हो ।
कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले थापा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘गठबन्धनमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भयो । सोही अनुसार हाम्रो संसदीय दलको बैठकले दलको नेतालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो । दाबी पेस गर्ने तयारीमा छौं ।’
सभामुखको राजीनामापछि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने उनको भनाइ छ ।
सर्वोच्च अदालतको आदेशबाट बिहीबार थापा मुख्यमन्त्रीबाट पदमुक्त भएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मंगलबारसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । गत असार १७ मा सभामुख बाबुराम गौतमको समेत समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण