शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने भारतको प्रस्ताव

मङ्गलबार, १६ साउन २०८०, १७ : ४३
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिउँसो भएको भेटमा मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको छ । 

भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताए । मन्त्री मोदीले आवश्यक छलफल गरेर सबै विषयहरूलाई अगाडि बढाउने जवाफ दिए । 

त्यस्तै भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमहरूको प्रभावकारिताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप