जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने भारतको प्रस्ताव
मङ्गलबार, १६ साउन २०८०, १७ : ४३
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिउँसो भएको भेटमा मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताए । मन्त्री मोदीले आवश्यक छलफल गरेर सबै विषयहरूलाई अगाडि बढाउने जवाफ दिए ।
त्यस्तै भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमहरूको प्रभावकारिताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण