एसियाडका लागि कराँते खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइने
काठमाडौँ । नेपाल कराँते महासंघको मंगलबार बसेको सचिवालय बैठकले १९औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका कराँते खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने निर्णय गरेको छ । बैठकले एसियाली खेलकुदको तयारीका लागि राष्ट्रिय कराँते टोलीका खेलाडीलाई युरोपका विभिन्न राष्ट्रमा प्रशिक्षण गराउने निर्णय लिएको हो ।
महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा बसेको बैठकले कुमितेतर्फका खेलाडीलाई युरोपको फ्रान्स, जर्मनी र स्विट्जरल्यान्ड तथा इन्डोनेसियामा वैदेशिक प्रशिक्षण गराउने निर्णय लिएको हो । यसैगरी बैठकले कातातर्फका खेलाडीलाई जापान र इन्डोनेसियामा वैदेशिक प्रशिक्षण गराउने निर्णय गरेको छ ।
यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने कराँते प्रतियोगितामा नेपालको राष्ट्रिय ‘बी’ टोलीलाई सहभागी गराउने निर्णय पनि गरेको छ । बैठकले नेपाल कराँते महासंघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरबाट सातदोबाटोस्थित कराँते एकेडेमीमा सार्ने निर्णय पनि गरेको छ । एसियाली खेलकुदको १९औं संस्करण चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण