समाचार
संवैधानिक परिषद् बैठक निष्कर्षविहीन : १८ गते अर्को बैठक बस्ने
मङ्गलबार, १६ साउन २०८०, १८ : ०७
काठमाडौँ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । मंगलबार अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकमा धेरै विषयमा छलफल भए पनि प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने नामको विषय प्रवेश नै नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार साउन १८ गते बस्ने बैठकले रिक्त संवैधानिक निकायका पदहरूमा एकमुष्ट निर्णय गरिने सहमति भएको छ ।
‘धेरै विषयमा छलफल भयो तर निर्णय भएन । अव १८ गते बस्ने बैठकमा अरू रिक्त पदमा छलफल गर्ने भन्ने भएको छ’, तिमिल्सिनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण