एमालेले सुन तस्करलाई उन्मुक्ति दिन छानबिन समितिको माग गर्यो : सांसद दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीहरुलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताएका छन् ।
मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करहरुलाई उन्मुक्ति दिने गलत मनशायले एमालेले छानबिन समितिको माग गरेको बताएका हुन् । उनले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाए ।
सांसद दाहालले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए । उनले सुन तस्करीको विषय लेनदेनको विषय बनाउनु नहुनेमा जोड दिए ।
सांसद दाहालले सुन तस्करीका आरोपीहरुसँग माओवादी केन्द्रका नेताहरुको फोटो देखिएपनि माओवादी केन्द्रका नेताहरु सो प्रकरणमा अनुसन्धानमा नतानिएका बताए । अनुसन्धानमा तानिएर दोषी ठहरिएमा माओवादी नेताहरु पनि कारबाहीमा पर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण