माओवादीले यसरी गर्दैछ मञ्च व्यवस्थापन, खान र बस्न आफैले व्यवस्था गर्नुपर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकका लागि मञ्च व्यवस्थापनको काम भइरहेको छ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुने बैठकका लागि मञ्च व्यवस्थापनको काम भइरहेको केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठक स्थलको मूलद्वारदेखि भित्रिद्वारसम्म ब्यानर राख्ने, मञ्च सजाउने काम भइरहेको केन्द्रीय कार्यालयको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार बैठकका लागि चिया र तातोपानीको व्यवस्था मिलाइएको छ । आज उद्घाटन समारोह गरी बिहीबार बोल्ने सदस्यहरूको नाम टिपाउने काम हुने उपाध्यायले जानकारी दिए ।
‘आज उद्घाटन समारोह गरी भोलिका लागि बोल्ने सदस्यहरूको नाम टिपाउने काम हुन्छ । यो पटक समूह नेता चयन गर्ने काम बन्द गरिएको छ । प्रतिव्यक्ति बढीमा ५ मिनेटको समय दिइनेछ । बोल्न चाहने जति सबैलाई समय उपलब्ध गराइनेछ तर त्यसका लागि तोकिएको समयमा नाम टिपाउनुपर्ने छ ।’
बैठकमा सहभागीले खाना र बस्नको व्यवस्था आफैले गर्नुपर्ने छ । प्रवेश शुल्क रु. ५०० तोकिएको छ । पार्टीले खाजा र पानीको व्यवस्था गर्ने छ । बैठकमा केन्द्रीय ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, केन्द्रीय आयोगबाट ७५ र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण