शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ नेपालले टिभीको खरिदमा ३ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने

बुधबार, १७ साउन २०८०, १० : २०
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेपालको लोकप्रिय उपभोक्ता इलेकट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकहरूका लागि सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी अफर ल्याएको छ । यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागु हुनेछ ।

सामसङ नेपालको उपभोक्ता इलेकट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले भने, “यस अफर मार्फत ग्राहकहरूलाई हामीले पूर्ण सन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा हामीलाई पनि ठुलो आनन्द मिलेको छ । यो ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त आश्वासन प्रदान गर्ने छ र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने आशा गर्दछौँ।”

यो अफर क्युएलईदि, फ्रेम, युएचदि,एफएचदि टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुनेछ । यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि ३२” देखि ८५” का सामसङ टिभीको उपलब्ध रेन्जहरू अन्तर्गत खरिद गरिएका टिभीहरूका लागि मान्य हुनेछ र डिसेम्बर ३१, २०२३ मा सो अफर समाप्त हुनेछ ।

यो नयाँ वारेन्टी अफर मार्फत ग्राहकले बजारमा उपलब्ध गुणस्तरीय सामसङ टिभी सेटमा चिन्तामुक्त, गुणस्तरीय स्क्रिन टाइमको मजालिन सक्नेछन् भन्ने सामसङको विश्वास छ ।  यो अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेकट्रोनिक्स प्रा.लि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ । यस ३ वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन।रिमोट कन्ट्रोलहरूमाभने एक वर्षको वारेन्टी प्रदानगरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप