शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा ९१ जना बालिकालाई बलात्कार गर्ने आरोपी ९ वर्षपछि पक्राउ

बुधबार, १७ साउन २०८०, १० : २६
बुधबार, १७ साउन २०८०

अस्ट्रेलिया प्रहरीले २५ वर्षमा १६२३ यौन अपराध गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । ४५ वर्षीय अभियुक्तको नाम भने खुलाइएको छैन । उनी देशका तीन सहरमा चाइल्ड केयर अफिसर भएको मात्रै जानकारी दिइएको छ ।

अभियुक्तले ९१ बालिकालाई बलात्कार गरेका थिए । अस्ट्रेलियाको कानुन अनुसार अभियुक्तविरुद्ध विभिन्न श्रेणीमा मुद्दा दायर गरिएको छ । मिडिया रिपोर्टका अनुसार प्रहरीले पहिलो पटक सन् २०१४ मा यसको सुराग पाएको थियो । तर, उनी पक्राउ भने अहिले मात्रै परेका छन् । आरोपीबाट हजारौँ चाइल्ड पोर्नोग्राफी भिडियो, फोटो र केही रिल्स भेटिएका छन् । 

चाइल्ड केयर एक्सपर्ट हुन् आरोपी

अस्ट्रेलियाली मिडियाका विभिन्न रिपोर्टमा यस स्क्यान्डलको विवरण दिइएको छ । यसअनुसार अभियुक्तविरुद्ध कुल १६२३ यौन अपराध दर्ता भएका छन् । यसमा चाइल्ड केयरका ९१ बालिकाको बलात्कारको आरोप पनि समावेश छ । यी सबै पीडितको उमेर १० वर्षभन्दा कम छ ।

विभिन्न यौन अपराधमा दर्ता भएका मुद्दा अनुसार यी पूर्व चाइल्ड केयर अफिसरले कुल २४६ पटक बलात्कार गरेका छन् । यस क्रममा ६ सय १३ वटा चाइल्ड पोर्न भिडियो बनाए ।  

प्रहरीका अनुसार यी सबै अपराध सन् २००७ देखि २०२२ सम्म तीन सहरका १२ चाइल्ड केयर सेन्टरमा भएका थिए । अचम्मको कुरा के छ भने आरोपीसँग चाइल्ड केयर एक्सपर्टको लाइसेन्स पनि थियो र यसै आधारमा उनले यी सेन्टरमा निकै सजिलै जागिर पाउँथे ।

८७ बालबालिका अस्ट्रेलियाली

हालसम्मको अनुसन्धान अनुसार पीडित मध्ये ८७ बालबालिका अस्ट्रेलियाली हुन् । 

प्रहरी यी सबै बालबालिकाको पहिचान गरी उनीहरू र उनीहरूका अभिभावकको बयान समेत लिनेमा विश्वस्त छ । तर, धेरैजसो बालबालिका अहिले अस्ट्रेलियाबाट आफ्ना आमाबुवासँग अर्को देशमा सरेकाले सबै बालबालिकाको खोजी गर्न निकै कठिन हुनसक्ने विभिन्न सञ्चारमाध्यममा दाबी गरिएको छ ।

एक मिडिया रिपोर्टका अनुसार अभियुक्त २०२२ को अगस्टमा नै पक्राउ परेका थिए तर उनीविरुद्ध कुनै ठोस् प्रमाण फेला परेन । त्यसपछि प्रहरीले विभिन्न टोली बनाएर प्रमाण जुटाउन केन्द्रित भयो । पछि सम्पर्कहरू जोडिन थाले र अहिले पुलिससँग विभिन्न प्रमाण छन् ।

सुराग कसरी पाइयो

मिडिया रिपोर्टका अनुसार सन् २०१४ मा प्रहरीले एउटा केसको अनुसन्धानका क्रममा पहिलो सुराग पाएको थियो । यहाँ डार्क वेबमा उनले केही चाइल्ड पोर्न भिडियो र तस्बिरहरू फेला पारेका थिए । शङ्का लाग्दा अनुसन्धान गर्दा यी सबै अस्ट्रेलियाली चाइल्ड केयरको खिचिएको पत्ता लाग्यो । 

त्यसपछि मुद्दा दर्ता भयो र अभियुक्तको खोजी सुरु भयो । अब आरोपीलाई २१ अगस्टमा ब्रिस्बेन अदालतमा पेस गरिने छ । प्रहरीले उनलाई अनुसन्धानका लागि अन्य देशमा लैजान सक्ने अनुमान गरिएको छ ।

सुनुवाइ हुनुअघि न्यायिक निकायका न्यायाधीशले भने, ‘हाम्रा अनुसन्धान एजेन्सीहरूले जघन्य अपराधको पर्दाफास गर्न निकै मिहिनेत गरेका छन् । यस्ता अभियुक्तहरू समाजका लागि ठुलो खतरा हुन् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप