सरकारले पर्यटन विधेयकको मस्यौदा बनाउन माग्यो सुझाव
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय पर्यटन विधेयक बनाउने तयारी थालेको छ । यसका लागि पर्यटन क्षेत्रमा संलग्न व्यवसायी, पेशागत संघसंस्थाहरु, विज्ञहरु र अनुसन्धानकर्ता लगायतसँग मन्त्रालयले राय सुझाव मागेको छ ।
बुधबार मन्त्रालयले एक सूचना जारी गर्दे ३० दिनभित्र राजसुझाव पठाउन अनुरोध गरेको छ । मन्त्रिपरिषदबाट गत असार २६ गते संघीय पर्यटन विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि मन्त्रालयले विधेयक बनाउन प्रक्रिया सुरु गरेको हो । २०३५ सालमा बनेको पर्यटन ऐनलाई परिमार्जन गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव राजेन्द्र कुमार केसीले बताए । उनले भने,‘ ऐन पुरानो भयो, अहिले पर्यटन क्षेत्रमा धेरै कामहरु भएका छन्, सबैलाई नियमन गर्ने हेतुले समयसापेक्ष ऐन बनाउनुपर्छ भनेरै प्रक्रिया थालिएको हो ।’
केसीले नेपालको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण आधारको रुपमा विकास र प्रवर्द्धन गर्न विद्यमान पर्यटन ऐन, २०३५ पुरानो भएकाले समयसापेक्ष बनाउनु परेको जानकारी दिए । उनले सुझाव आएपछि त्यसको अध्ययन गरेर थप काम अगाडि बढाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण