मुख्यमन्त्रीको शपथमा नबोलाएपछि हिक्मतले भने –निर्लज्जताको पराकाष्ठा !
काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा र उनका मन्त्रीहरुको शपथ कार्यक्रममा पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलाई नबोलाइएको घटनाप्रति एमालेले आपत्ति प्रकट गरेको छ ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार भएको मुख्यमन्त्री उद्धव थापा र मन्त्रीहरुको शपथ कार्यक्रममा आफूलाई निम्ता नगरेर निवर्तमान मुख्यमन्त्रीलाई अस्वीकार गरिएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
‘निर्लज्जताको पराकाष्ठा, के यो अधिनायकवादतर्फको यात्रा ’ भन्दै पूर्व मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमा भनेका छन् ‘‘आज कोशी प्रदेश प्रमुख कार्यालयद्वारा नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्वीकार गरेनन्। यस घटनाबाट संविधानको सर्वोच्चता , कानुनी राज्यको उपहास मात्रै भएको गरेनन्, सर्वोच्च अदालतको फैसला र हाम्रा अभ्यासहरुलाई कुल्चिएर स्वेच्छाचारिताको नमुना पेश गरेका छन्।’
अघिल्लो बिहीबार उद्धव थापाको मुख्यमन्त्री नियुक्ति खारेज गर्दै सर्वोच्चले असार २१ अघिको अवस्थामा प्रदेशलाई पुर्याएको थियो। लगत्तै कार्कीले आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेका थिए । तर, मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुख कार्यालय मौन रहेपछि उनी मुख्यमन्त्री कार्यालय जान पाएका थिएनन्।
कार्कीले अदालतको फैसला अनुसार आफू नै निवर्तमान मुख्यमन्त्री रहेको र सोही हैसियतमा आफूलाई बोलाउनु पर्ने बताएका हुन् । मुख्यमन्त्रीको शपथमा निवर्तमान तथा पूर्व मुख्यमन्त्रीहरु उपस्थित हुने चलन छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण