कैलालीबाट मन्त्री हुने संख्या ६ पुग्यो, संघीय मन्त्रीदेखि प्रदेशको मुख्यमन्त्रीसम्म
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएसँगै कैलालीबाट मन्त्री हुनेको संख्या ६ पुगेको छ ।
कैलाली निर्वाचन क्षेत्र नं. १ र २ बाट ४ जना मन्त्री भएका छन् । त्यसमा पनि १ जना मुख्यमन्त्री र १ जना संघीय सरकारमा मन्त्री छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रञ्जिता श्रेष्ठ चौधरी संघीय सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन् । कैलाली निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कैलाश चौधरी सुदूरपश्चिम सरकारको राज्यमन्त्री भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ । यहाँका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । यस्तै बुधबार मात्रै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका रामेश्वर चौधरी क्षेत्र नं २(२) बाट निर्वाचित सांसद हुन् । मन्त्री चौधरी नागरिक उन्मुक्तिबाट चुनाव लडेका हुन् ।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र ५ को प्रदेश सभातर्फको दुईवटै निर्वाचनले पनि मन्त्री पाएको छ । क्षेत्र नं. ५ (१) मा माओवादीबाट निर्वाचित रमेश धामी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् । यस्तै क्षेत्र नं. ५(२) मा कांग्रेसबाट निर्वाचित प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण