कैलालीबाट मन्त्री हुने संख्या ६ पुग्यो, संघीय मन्त्रीदेखि प्रदेशको मुख्यमन्त्रीसम्म

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएसँगै कैलालीबाट मन्त्री हुनेको संख्या ६ पुगेको छ ।
कैलाली निर्वाचन क्षेत्र नं. १ र २ बाट ४ जना मन्त्री भएका छन् । त्यसमा पनि १ जना मुख्यमन्त्री र १ जना संघीय सरकारमा मन्त्री छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रञ्जिता श्रेष्ठ चौधरी संघीय सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन् । कैलाली निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कैलाश चौधरी सुदूरपश्चिम सरकारको राज्यमन्त्री भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ । यहाँका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । यस्तै बुधबार मात्रै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका रामेश्वर चौधरी क्षेत्र नं २(२) बाट निर्वाचित सांसद हुन् । मन्त्री चौधरी नागरिक उन्मुक्तिबाट चुनाव लडेका हुन् ।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र ५ को प्रदेश सभातर्फको दुईवटै निर्वाचनले पनि मन्त्री पाएको छ । क्षेत्र नं. ५ (१) मा माओवादीबाट निर्वाचित रमेश धामी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् । यस्तै क्षेत्र नं. ५(२) मा कांग्रेसबाट निर्वाचित प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
-
‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?
-
छिमेकीबिच तनाव भएको बेला सरकारलाई कूटनीतिक जिम्मेवारी बोध गर्न साउदको माग
-
विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग
-
प्रचण्डले बाेलाएकाे बैठक अन्तिम समयमा स्थगित
-
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल’मा डा.सुमीले जितिन् दुई अवार्ड