प्रस्तावित ३ राजदूतबारे आज संसदीय सुनुवाइ हुँदै
काठमाडौं । सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतमध्ये आज ३ जनामाथि संसदीय सुनुवाइ हुँदैछ । दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा ३ जनामाथि सुनुवाइ हुन लागेको हो ।
संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीमाथि संसदीय सुनुवाइ हुने छ ।
बुधबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगका आवासीय प्रतिनिधिमा सिफारिस लोकबहादुर थापा, जेनेभास्थित स्थायी नियोगमा सिफारिस राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईमाथि संसदीय सुनुवाइ सकिएको छ ।
गत असार २६ गते मन्त्रिपरिषद बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सिफारिस राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण