भान्सामा नभई नहुने अदुवा–लसुनको पेस्ट : यसरी बनाएर राख्नुहोस्, लामो समयसम्म ताजा रहन्छ
खाना पकाउने बेला अदुवा–लसुनको पेस्ट सधैँ प्रयोग हुन्छ । तर यसलाई सधैँ बनाउन धेरै समय र मेहनत लाग्छ । अझ भागदौडयुक्त जीवनमा अदुवा लसुनको पेस्ट बनाउन निकै झन्झटिलो पनि हुने गर्छ । त्यसैले फुर्सद भएका बेला अदुवा लसुनको पेस्ट बनाएर धेरै दिनसम्म सुरक्षित राख्ने तरिका तपाईंले थाहा पाउनुभयो भने यसले तपाईंलाई धेरै राहत प्रदान गर्छ ।
त्यसैले आज यसबारे जानकारी लिऔँ ।
एयर टाइट डिब्बामा राख्नुहोस्
अदुवा–लसुन पेस्टलाई लामो समयसम्म स्टोर गर्नका लागि यसलाई बनाउने तरिका बुझ्नुपर्छ । यसका लागि अदुवा र लसुनलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसपछि यी दुई चिजमा नुन हालेर छुट्टा छुट्टै पिस्नुहोस् । अदुवा र लसुनको पेस्टलाई छुट्टा छुट्टै एयर टाइट डिब्बामा हालेर फ्रिजमा राख्नुहोस् र आवश्यकता पर्दा यी दुबैलाई मिसाएर प्रयोग गर्नुहोस् ।
आइस ट्रेको मद्दत लिनुहोस्
यदि तपाईं अदुवा लसुनको पेस्टलाई चार पाँच महिनाका लागि स्टोर गर्न चाहनुहुन्छ भने यसका लागि सबैभन्दा पहिला अदुवा र लसुनलाई धोएर बोक्रा ताछ्नुहोस् । त्यसपछि यसलाई स–सानो टुक्रामा काटेर पेस्ट बनाउनुहोस् । त्यसपछि यो पेस्टलाई आइस ट्रेमा भर्नुहोस् र माथिबाट प्लास्टिकको र्यापरले छोपेर फ्रिजमा राख्नुहोस् । जब पेस्टको क्युब तयार हुन्छन्, यसलाई आइस ट्रेबाट निकालेर प्लास्टिक जिप ब्यागमा स्टोर गर्नुहोस् र आवश्यकता परेपछि प्रयोग गर्नुहोस् ।
अदुवा लसुनको पाउडर बनाउनुहोस्
अदुवा लसुनको पाउडर आफूले भनेको बेलामा तयारी अवस्थामा होस् भन्नका लागि तपाईंले यसको पाउडर बनाउनुपर्ने हुन्छ । यसका लागि पहिलो तपाईंले लसुनको बोक्रा निकालेर यसलाई हल्का कुटेर घाममा मज्जाले सुकाउनुहोस् । त्यसपछि यसको पाउडर बनाएर कुनै एयर टाइट कन्टेनरमा राख्नुहोस् । अब अदुवालाई ताछेर स–सानो टुक्रा बनाउनुहोस् र बटर पेपरमा यसलाई फैलाएर केही दिनका लागि घाममा राख्नुहोस् ।
अदुवा सुकेपछि यसको पनि पाउडर बनाउनुहोस् र हावा नपस्ने भाँडोमा भरेर राख्नुहोस् र खाना पकाउने बेला यसलाई प्रयोग गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण