विशेष महाधिवेशनको पक्षमा माओवादी नेताको मत बलियो
_IzC96FeyH7.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा अहिलेसम्म २० जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका छन् । सोही क्रममा पदाधिकारीका तर्फबाट वरिष्ठ उपाध्यक्ष समेत रहेका गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराले समेत केन्द्रीय सदस्यहरूले गरेको प्रश्नको जवाफ दिँदै आफ्ना धारणा पनि राखेका छन् ।
‘सरकारले धेरै राम्रा कामको सुरुवात गरेको छ । तर ती राम्रा कामको प्रचार नै भएन’, बैठकमा श्रेष्ठले भने, ‘सरकारले गरेका राम्रा कामको जति प्रचार हुनुपर्थ्यो त्यो हुन सकेन र त्यसले गर्दा विपक्षीले हामीमाथि फैलाएको भ्रम चिर्न सकिएन ।’
त्यसैगरी अर्का उपाध्यक्ष कृष्णबहादुर महराले जसरी हुन्छ सबै मिलेर पार्टी सुदृढ बनाउन सबै नेता कार्यकर्ताको पहल जरुरी रहेको बताए । ‘पार्टी सङ्गठन सुदृढ गरेर मात्रै हाम्रो शक्ति बढ्छ अब सबैको ध्यान त्यतातिर जान जरुरी छ’, महराको भनाइ छ । एक अर्काको विरोध भन्दा पनि सबै नेता कार्यकर्ता एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको महराको भनाइ छ ।
पाँच केन्द्रीय सदस्य बराबर एक पदाधिकारीले जवाफ दिने गरी नेताहरूलाई बोल्न समय मिलाइएको बैठकमा पहिलो र दोस्रो दिन बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले विधान सम्मेलनको विरोध गर्दै बरु विशेष महाधिवेशन नै गर्नुपर्ने धारणा राखेका छन् ।
‘विधान सम्मेलन अघि ४०९ जनाको केन्द्रीय कमिटी बनाउने अनि फेरि विधान संशोधन गर्ने अनि फेरि त्यो सच्याउने ? ’नेतृ जयपुरी घर्तीले भनिन्, ‘बरु विधान सम्मेलन भन्दा विशेष महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा छ ।’
उनले आफूजस्तै अन्य बोल्ने नेताहरूले पनि विधान सम्मेलन भन्दा विशेष महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेको बताइन् ।
बुधवारबाट सुरु भएको माओवादी केन्द्रको बैठकमा पहिलो दिन १८ जनाले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
-
तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार
-
गोकर्णेश्वर घटना : ‘फुच्चेहरू’ भनेको निहुँमा विवाद हुँदा युवकको हत्या
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक