शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तामाङ र मगर समुदायमाथि भएको दमनप्रति महतोको आपत्ति

बिहीबार, १८ साउन २०८०, १५ : २५
बिहीबार, १८ साउन २०८०

काठडमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले तामाङ र मगर समुदायका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएका छन् ।

अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायको बारेमा दिएको अभिव्यक्तिको शान्तिपूर्ण विरोध गर्दा बुधबार प्रहरीले आदिवासी जनजातिप्रति दमन गरेको आरोप उनले लगाएका छन् । विहिवार एक विज्ञप्ति जारी गर्दै नेता महतोले भनेका छन्, ‘सिंगो मगर, तामाङलगायतका समुदायलाई आनुवांशिक रुपमा नै अपराधिककरण प्रवृतिको भन्नु सामान्य कुरा होइन ।’

परापूर्वकालदेखि हुर्कदै गरेको आदिवासी प्रतिको क्षुद्र मनोविज्ञान मधेशी एवं आदिवासी जनजाति उपर रहेको दमन अन्याय अत्याचार र आन्तरिक औपनिवेशीककरणको नमुना प्रतिनिधिमुलक मनोवृति रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप