शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

होटलको कोठामा जुवा खेलिरहेका ५ जना प्रहरीको नियन्त्रणमा

बिहीबार, १८ साउन २०८०, २१ : ५६
बिहीबार, १८ साउन २०८०

हेटौंडा । हेटौंडाको एभोकाडो होटलको कोठामा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौंडा–२ स्थित एभोकाडो होटलको कोठा नम्बर २०८ मा जुवाको खालबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अवैध रुपमा जुवा खेलिरहेको सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उक्त होटलमा जुवाको खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुमा हेटौडा–१ बस्ने वर्ष ४० को बलराम बिश्वकर्मा, हेटौंडा–१२ बस्ने वर्ष ३५ को दिपक घले, चितवनको भरतपुर महानगरपालिका–२ घर भई हाल हेटौडा– ४ बस्ने वर्ष ४५ को सुन्दर कुमार श्रेष्ठ, हेटौडा–५ बस्ने वर्ष ३४ को सहदेव लम्साल, हेटौंडा ४ बस्ने वर्ष ४२ को प्रकाश मानन्धर रहेका छन् ।

उनीहरुलाई २ लाख ५४ हजार ४२० रुपैयाँको जुवा खालबाट पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । उनीहरुको साथबाट २ बुक सिल भएको तास, २ बुक खुल्ला गरिएको तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थान बरामद गरीएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप