होटलको कोठामा जुवा खेलिरहेका ५ जना प्रहरीको नियन्त्रणमा
हेटौंडा । हेटौंडाको एभोकाडो होटलको कोठामा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौंडा–२ स्थित एभोकाडो होटलको कोठा नम्बर २०८ मा जुवाको खालबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अवैध रुपमा जुवा खेलिरहेको सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उक्त होटलमा जुवाको खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुमा हेटौडा–१ बस्ने वर्ष ४० को बलराम बिश्वकर्मा, हेटौंडा–१२ बस्ने वर्ष ३५ को दिपक घले, चितवनको भरतपुर महानगरपालिका–२ घर भई हाल हेटौडा– ४ बस्ने वर्ष ४५ को सुन्दर कुमार श्रेष्ठ, हेटौडा–५ बस्ने वर्ष ३४ को सहदेव लम्साल, हेटौंडा ४ बस्ने वर्ष ४२ को प्रकाश मानन्धर रहेका छन् ।
उनीहरुलाई २ लाख ५४ हजार ४२० रुपैयाँको जुवा खालबाट पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । उनीहरुको साथबाट २ बुक सिल भएको तास, २ बुक खुल्ला गरिएको तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थान बरामद गरीएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण