शिक्षकले राजनीतिक दलको सदस्यता लिए स्थानीय तहले बर्खास्त गर्न सक्ने
काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । ऐनको मस्यौदामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको सजायको व्यवस्था गरिएको छ ।
मस्यौदाका दफा ८८ र ८९ मा शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्ता लिएमा, राजनीतिक कृयाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रस्ताव गरिएको छ ।
त्यसरी राजनीति गर्ने शिक्षकलाई बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । त्यस्ता शिक्षकलाई भविश्यमा विद्यालय शिक्षक सेवाको निमिक्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने मस्यौदामा उल्लेख छ ।
मस्यौदामा दफा ७३ मा शिक्षकलाई राजनीतिक कृयाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ । शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग् वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण