सुन प्रकरणमा महराले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्छ : लेखनाथ दाहाल
शुक्रबार, १९ साउन २०८०, २२ : १५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्ने क्रममा दाहालले सुन तस्करी प्रकरणमा नेता कृष्णबहादुर महराले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताएका हुन् ।
‘दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि उहाँले सीआईबीमा निवेदन दिनुपर्छ’, दाहालको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘भ्रष्टाचार र तस्करीको कलंकको भार पार्टीले बोक्न सक्दैन ।’
बैठकमा पदाधिकारीका तर्फबाट बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू पनि सच्चिने र पार्टीलाई पनि सच्चाउँदै लैजाने प्रतिबद्धता जनाए । शुक्रबार बोल्ने धेरैजसो नेताले केन्द्रीय समितिको संख्या २ अंकको बनाउनुपर्ने सुझाव समेत राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण