माओवादी बैठकमा दुई पदाधिकारीले राखे यस्तो धारणा
काठमाडौँ । माओवादी केन्द्रको जारी शुक्रबारको केन्द्रीय समिति बैठकमा दुई जना पदाधिकारीले आफ्नो धारणा राखेका छन् । शुक्रबार धारणा राख्ने पदाधिकारीमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा र सचिव डिलाराम आचार्य रहेका छन् ।
बैठकमा धारणा राख्दै उपाध्यक्ष सापकोटाले विचार, दृष्टिकोण र योजना मुख्य हुनुपर्ने बताए । उनले भने, ‘पार्टीमा जायज प्रश्न उठाउन पाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन ।’
सापकोटाले शान्ति सम्झौता अनुमोदन भैसकेको भन्दै द्वन्द्वकालिन मुद्दा उचाल्न नमिल्ने धारणा राखे ।
‘प्रचण्डमा असाधारण क्षमता रहेको छ । उहाँले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने ल्याकत राख्नुहुन्छ’, अध्यक्षको प्रशंसा गर्दै सापकोटाले भने, ‘अहिलेको कठिन परिस्थितमा पनि पार्टी जोगाउने प्रचण्डमात्र हो ।’
बैठकमा सचिव आचार्यले पार्टी समाजनुकुल चल्न सक्नुपर्ने बताए । ‘पार्टीमा रुपान्तरणको मुद्दा उठिरहन्छ । विगतमा ठुला परिवर्तन भए तर जनताको जीवन बदल्न सकिएन’, आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण