पार्टीको ‘विशेष अभियान’मा सभापति बानियाँले खटाए प्रदेश प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले ‘विशेष आन्तरिक अभियान’ का लागि प्रदेश प्रतिनिधिहरू तोकेका छन् । सभापति बानियाँले अभियानलाई सफल बनाउन पदाधिकारी एवम् सदस्यहरूलाई प्रदेश प्रतिनिधि तोकेका हुन् ।
प्रदेश समितिले काठमाडौँका लागि सह–महामन्त्री हरिशरण श्रेष्ठ, ललितपुरमा सदस्य प्रभात तामाङ, भक्तपुरमा सहमहामन्त्री ऋषिराम घिमिरे, रसुवामा सदस्य निमा लामा, धादिङमा सदस्य सन्तबहादुर प्रजा र नुवाकोटमा सदस्य तिलकप्रसाद रुवालीलाई खटाएको छ ।
यस्तै चितवनमा सदस्य रामचन्द्र अर्याल, मकवानपुरमा सदस्य कैलाश कोइराला, सिन्धुलीमा सदस्य उपेन्द्र लम्साल, काभ्रेपलान्चोकमा सह–महामन्त्री जीवन डंगोल, सिन्धुपाल्चोकमा सदस्य दीपेन्द्र आचार्य, दोलखामा सदस्य भगवान खड्का र रामेछापमा सदस्य सानुकान्छा श्रेष्ठलाई खटाइएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै सभापति बानियाँले बागमती प्रदेश अन्तगर्तत प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि खटाएका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण