विदेशबाट फर्किंदा नेपालीले कति सुन ल्याउन पाइन्छ ? यस्तो छ नयाँ व्यवस्था
शनिबार, २० साउन २०८०, ११ : ५३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएको छ । कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएको हो ।
सूचनाअनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहन ल्याउँदा भन्सार तिर्न पर्दैन । यस्तै, पुरुषको हकमा भने २५ ग्रामसम्म ल्याउँदा भन्सार तिर्नु नपर्ने कार्यालयले जनाएको छ ।
यसबाहेक, एकजना यात्रु (महिला/पुरुष) ले तोकेभन्दा बढी २०० ग्रामसम्म सुनको गहना ल्याउन पाउने र त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था छ । तर, काँचो सुनलाई बंग्याएर बेरुवा, औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको मान्यता दिइने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण