शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लघुकथा– ‘नेतृत्व’

शनिबार, २० साउन २०८०, १२ : ४७
शनिबार, २० साउन २०८०

एउटा गाउँमा एकपटक आगो लागिरहेको थियो । आगलागी बढ्दै गएपछि गाउँलेहरू ज्यान जोगाउन यता उता दौडिरहेका थिए । एउटा चराले यो दृश्य देख्यो र आगो निभाउन चाह्यो । उसले बारम्बार आफ्नो चुच्चोमा पानी ल्याएर आगोमा खन्याउँन थाल्यो ।

चराले आगोमा पानी हालेको देखेपछि गाउँलेहरू यो चराले कोसिस गर्छ भने हामीले किन सक्दैनौं भनेर तात्तिए । सबैले गाग्री भरेर पानी हाल्न थाले र आगो निभ्यो। 

अर्को एउटा कागले यो सबै हेरिरहेको थियो । उसले चरालाई भन्यो, “तैइले  पानी खन्याएर केही हुनेवाला त थिएन, फेरि पनि किन यस्तो जोस्सिएको ?”

चराले भन्यो, “मैले पानी खन्याएर केही भएको होस् या नहोस्, तर मलाई गर्व छ कि यो आगो निभ्यो। ठूलो नोक्सानीबाट गाऊँ बाच्यो। यो निभाउनमा  मेरो होइन, गाउँहरुकै प्रमुख हात छ । तर पनि मलाई के मा खुसी छ भने– म पनि आगो निभाउनेमा गनिन्छु, तिमी जस्तो तमाशा हेर्नेमा होइन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधु आचार्य
मधु आचार्य
लेखकबाट थप