लघुकथा– ‘नेतृत्व’
एउटा गाउँमा एकपटक आगो लागिरहेको थियो । आगलागी बढ्दै गएपछि गाउँलेहरू ज्यान जोगाउन यता उता दौडिरहेका थिए । एउटा चराले यो दृश्य देख्यो र आगो निभाउन चाह्यो । उसले बारम्बार आफ्नो चुच्चोमा पानी ल्याएर आगोमा खन्याउँन थाल्यो ।
चराले आगोमा पानी हालेको देखेपछि गाउँलेहरू यो चराले कोसिस गर्छ भने हामीले किन सक्दैनौं भनेर तात्तिए । सबैले गाग्री भरेर पानी हाल्न थाले र आगो निभ्यो।
अर्को एउटा कागले यो सबै हेरिरहेको थियो । उसले चरालाई भन्यो, “तैइले पानी खन्याएर केही हुनेवाला त थिएन, फेरि पनि किन यस्तो जोस्सिएको ?”
चराले भन्यो, “मैले पानी खन्याएर केही भएको होस् या नहोस्, तर मलाई गर्व छ कि यो आगो निभ्यो। ठूलो नोक्सानीबाट गाऊँ बाच्यो। यो निभाउनमा मेरो होइन, गाउँहरुकै प्रमुख हात छ । तर पनि मलाई के मा खुसी छ भने– म पनि आगो निभाउनेमा गनिन्छु, तिमी जस्तो तमाशा हेर्नेमा होइन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण