इथियोपियामा सुरक्षा बल र मिलिसिया लडाकुबीच झडप, संकटकाल लागू
इथियोपिया । इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिसिया लडाकुहरूबिचको हिंसात्मक झडपपछि स्थिति तनावपूर्ण बनेको छ। बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ ।
स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताएपछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार भएको संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो । तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन । सरकारले गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा खतरा दिनप्रतिदिन बढ्दै गएको भने उल्लेख गरिएको छ ।
यस हप्ताको सुरुमा इथियोपियाको दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्तमा फानो मिलिसिया र इथियोपियन नेशनल डिफेन्स फोर्स बीचको हिंसात्मक झडप सुरु भएको थियो । मिडिया रिपोर्टका अनुसार हालै सरकारले ‘फानो’ भनेर चिनिने मिलिसियालाई हतियार बुझाउन बाध्य पार्ने प्रयास गरे लगत्तै तनाव बढेको थियो ।
संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए । तर, उनको आह्वानको खासै प्रभाव देखिएको छैन । त्यसपछि सरकारले यस्तो निर्णय लिनुपरेको हो ।
मिडिया रिपोर्टहरूका अनुसार बिहीबार मिलिसियाका सदस्यहरूले सेनाको एकाइहरूमा आक्रमण गरेका छन्। यससँगै आन्दोलनकारीले धेरै मुख्य सडक अवरुद्ध गरेका छन् । जसका कारण यातायात अवरुद्ध भएको छ । अहिले तनावलाई मध्यनजर गर्दै दुई लोकप्रिय पर्यटकीय सहर लालिबेला र गोन्डरको उडान स्थगित गरिएको छ । हिंसा रोक्न प्रदेशमा इन्टरनेट बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण