चन्द्रयान–३ ले पठायो चन्द्रमाको पहिलो तस्बिर
भारतको चन्द्रयान–३ गत शनिवार (५ अगस्ट) मा चन्द्रमाको कक्षामा प्रवेश गरिसकेको छ । योसँगै चन्द्रयानले चन्द्रमाको पहिलो तस्बिर पठाएको छ ।
अघिल्लो महिना चन्द्रयान–३ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाको स्पेस सेन्टरबाट १४ जुलाईमा प्रक्षेपण गरिएको थियो ।
चन्द्रयान–३ को ट्विटर ह्यान्डलमा लेखिएको छ – यो अन्तरिक्षयान चन्द्रमाको कक्षामा प्रवेश गरिरहेका बेला चन्द्रमा यस्तो देखिएको थियो ।
यो अभियानका लागि २३ अगस्ट सबैभन्दा महत्त्वपूर्ण मिति हो । यस दिन चन्द्रयानले दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्नुपर्छ । यो यस कारण पनि महत्त्वपूर्ण छ किनभने भारतको चन्द्रयान–२ यही चरणमा फेल भएको थियो ।
The Moon, as viewed by #Chandrayaan3 spacecraft during Lunar Orbit Insertion (LOI) on August 5, 2023.#ISRO pic.twitter.com/xQtVyLTu0c
— LVM3-M4/CHANDRAYAAN-3 MISSION (@chandrayaan_3) August 6, 2023
चन्द्रयान–३ मा एउटा ल्यान्डर, एउटा रोवर र एउटा प्रोपल्सन मोड्युल राखिएको छ । यसको जम्मा तौल ३,९०० किलोग्राम छ ।
यस मिसनमा चन्द्रयानको रोभर (सानो रोबोट) निस्कनेछ जसले चन्द्रमाको सतहमा अवतरण गर्नेछ र यसको पोजिसनिङ चन्द्रमाको दक्षिण ध्रुवमा हुनेछ । यतै रोभरले चन्द्रमाको यस भागमा खनिज, पानी आदि पाइन्छ के के पाइएला भनेर पत्ता लगाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण