संसद अवरुद्ध
शीर्ष नेताको बैठक सकियो, साढे ३ बजे पुनः छलफल
सोमबार, २२ साउन २०८०, १४ : ३८
काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बसेर सहमति जुटाउने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार साढे ३ बजे बानेश्वरमा बस्ने बैठकमा सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ ।
आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण