सभ्यता र संस्कृति जोगाउनमा जोड
काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चाडपर्व देशको सभ्यता र संस्कृतिका आधार भएकाले यसलाई जगेर्ना गर्नुपर्ने बताएकी छिन् ।
नेपाल चित्रगुप्त महिला समितिले आयोजना गरेको “तराई मधेसका पर्वहरु” विषयक् अन्तरक्रिया कार्यक्रममा उनले उक्त धारणा राखेकी हुन् । सबै सभ्यता र संस्कृतिको मूल प्रकृतिबाट निस्केको बताउँदै उनले विकासका नाममा धेरैले आफ्ना पर्वहरुको मर्म बिर्सिरहेको बताइन् । यहाँका संस्कृति तथा पर्वलाई संरक्षण गर्न संस्कृतिविद्हरुलाई उनले आग्रह गरिन् ।
मधेसी आयोगका अध्यक्ष डा.विजय दत्तले आफ्नो संस्कृति र सभ्यतालाई बिर्सन नहुने कुरामा जोड दिए । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले छठ पर्व तराईबाट पहाड र राजधानीमा विस्तार भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
संस्कृतिविद् डा.रामदयाल राकेशले पनि तराई–मधेसका पर्वहरुलाई संरक्षण गर्न आवश्यक रहेको कुरामा जोड दिए । कुनै पनि संस्कृति र सभ्यता देशको पहिचान रहेको बताउँदै उनले त्यसको संरक्षण गर्नु राज्यको पनि दायित्व रहेको बताए । कार्यक्रम नेपाल चित्रगुप्त महिला समितिका अध्यक्ष वीणा सिन्हाको अध्यक्षतामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण