आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कमला नदीमा जलस्तर बढ्दै, सतर्कता अपनाउन आग्रह

मङ्गलबार, २३ साउन २०८०, ११ : ४५
मङ्गलबार, २३ साउन २०८०

जनकपुरधाम । अविरल वर्षासँगै कमला नदीमा पानीको सतह बढिरहेको छ । स्थानीय प्रशासनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

हालसम्म नदीको बहाव सामान्य रहे पनि सिन्धुलीतिर अझै वर्षा भइरहेकाले जलस्तर अझ बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले आसपासको क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । उनका अनुसार अहिलेसम्म जोखिमको अवस्था छैन । गणेशमान चारनाथ नगरपालिका–८, पोर्ताहामा पुरानो बस्तीमा भएको एउटा फुसको घरमा सामान्य क्षति भएको उनले जनाए ।

पानीले घरको भित्ता भत्किँदा घरधनी कमल पासमान सामान्य घाइते भएको प्रजिअ दाहालको भनाइ छ ।

जिल्लामा अहिले डुबानको अवस्था नरहे पनि कमला लगायतका नदीमा दिउँसोसम्म जलस्तर बढ्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन् ।

यता कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपाउन बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप