कमला नदीमा जलस्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
जनकपुरधाम । अविरल वर्षासँगै कमला नदीमा पानीको सतह बढिरहेको छ । स्थानीय प्रशासनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।
हालसम्म नदीको बहाव सामान्य रहे पनि सिन्धुलीतिर अझै वर्षा भइरहेकाले जलस्तर अझ बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले आसपासको क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । उनका अनुसार अहिलेसम्म जोखिमको अवस्था छैन । गणेशमान चारनाथ नगरपालिका–८, पोर्ताहामा पुरानो बस्तीमा भएको एउटा फुसको घरमा सामान्य क्षति भएको उनले जनाए ।
पानीले घरको भित्ता भत्किँदा घरधनी कमल पासमान सामान्य घाइते भएको प्रजिअ दाहालको भनाइ छ ।
जिल्लामा अहिले डुबानको अवस्था नरहे पनि कमला लगायतका नदीमा दिउँसोसम्म जलस्तर बढ्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन् ।
यता कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपाउन बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण