शर्लिन चोपडा राहुल गान्धीसँग विवाह गर्न चाहन्छिन् तर राखिन् एउटा सर्त
शर्लिन चोपडा बलिउडकी ती अभिनेत्रीमध्ये एक हुन् जो आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । आफ्नो बयानका लागि उनी विवादमा पनि आउने गर्छिन् । अब एक पटक पुनः शर्लिन चोपडा चर्चामा आएकी छिन् । शर्लिनले आफू कांग्रेस नेता राहुल गान्धीसँग विवाह गर्न तयार भएको बताएकी छिन् । तर उनले यसका लागि एउटा सर्त राखेकी छिन् ।
यसबारे शर्लिनको एउटा भिडियो सार्वजनिक भएको छ । शर्लिनलाई एक जना व्यक्तिले राहुल गान्धीसँग विवाह गर्न चाहनुहुन्छ भनेर सोधेका छन् । यसमा शर्लिनले रोचक जवाफ दिएकी छिन् । उनले भनेकी छिन्, ‘चाहन्छु, किन नचाहनु र ? तर विवाहपछि पनि मेरो थर चोपडा नै होस् भन्ने म चाहन्छु ।’
उनको यो भिडियोमा धेरैले प्रतिक्रिया पनि दिइरहेका छन् । सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे बयान दिएका थिए, जसलाई लिएर भाजपा विधायक पूर्णेश मोदी सूरतको तल्लो अदालत पुगेका थिए । तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।
अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज भएको थियो ।
तर, शुक्रवार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको थियो । त्यसपछि उनको सदस्यता पुनर्स्थापना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण