शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शर्लिन चोपडा राहुल गान्धीसँग विवाह गर्न चाहन्छिन् तर राखिन् एउटा सर्त

मङ्गलबार, २३ साउन २०८०, १६ : ४४
मङ्गलबार, २३ साउन २०८०

शर्लिन चोपडा बलिउडकी ती अभिनेत्रीमध्ये एक हुन् जो आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । आफ्नो बयानका लागि उनी विवादमा पनि आउने गर्छिन् । अब एक पटक पुनः शर्लिन चोपडा चर्चामा आएकी छिन् । शर्लिनले आफू कांग्रेस नेता राहुल गान्धीसँग विवाह गर्न तयार भएको बताएकी छिन् । तर उनले यसका लागि एउटा सर्त राखेकी छिन् । 

यसबारे शर्लिनको एउटा भिडियो सार्वजनिक भएको छ । शर्लिनलाई एक जना व्यक्तिले राहुल गान्धीसँग विवाह गर्न चाहनुहुन्छ भनेर सोधेका छन् । यसमा शर्लिनले रोचक जवाफ दिएकी छिन् । उनले भनेकी छिन्, ‘चाहन्छु, किन नचाहनु र ? तर विवाहपछि पनि मेरो थर चोपडा नै होस् भन्ने म चाहन्छु ।’

उनको यो भिडियोमा धेरैले प्रतिक्रिया पनि दिइरहेका छन् ।  सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे बयान दिएका थिए, जसलाई लिएर भाजपा विधायक पूर्णेश मोदी सूरतको तल्लो अदालत पुगेका थिए । तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज भएको थियो ।

तर, शुक्रवार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको थियो । त्यसपछि उनको सदस्यता पुनर्स्थापना भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप