मकवानपुर पहिरो अपडेट : १२ घण्टापछि एक जनाको जीवितै उद्धार
मकवानपुर । मकवानपुर र काभ्रेको सिमानामा रहेको सिक्रे दोभानको पहिरोमा परी बेपत्ता भएका एक जनाको जीवितै उद्धार गरिएको छ । पहिरोमा परि बेपत्ता भएका उनको १२ घण्टापछि जीवितै उद्धार गरिएको हो ।
बागमती खोलाबाट प्रहरीको उद्धार टोलीले उनलाई जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पहिरो गएको स्थानभन्दा केही तलबाट एक पुरुषको उद्धार गरिएको हो । उद्धार गरिएका पुरुषलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको उनले बताए । उद्धार गरिएका पुरुषको खुट्टामा समस्या देखिएको छ भने अन्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।
पहिरोमा परी अझै ५ जना बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य भइरहेको छ ।
उद्धार गरिएका व्यक्ति १९ वर्षीय पासाङ घिसिङ रहेको उनले बताए । सिन्धुली हरिहरपुर–१ कोकटी घिसिङ सो घरमा पाहुना लाग्न आएका थिए ।
अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भलसहितको पहिरोले स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाएको थियो । पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पहिरोमा परी बागमती–५ सिक्रे दोभान बस्ने ६० वर्षीय अक्कल बहादुर स्याङ्तान, निजको छोरी २२ वर्षीय शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी अझै हराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण