श्रीलंकामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए
बुधबार, २४ साउन २०८०, १५ : ५८
कोलम्बो । श्रीलंकामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलंका विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ ।
अगस्टको पहिलो छ दिनमा श्रीलंकामा ३० हजार ३०३ पर्यटक भित्रिएको र भारत, संयुक्त अधिराज्य र चीन अगस्टको आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए ।
श्रीलंकामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ ।
सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए ।
यद्यपि, आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ । सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक नेपाल भित्रिएका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण