पाकिस्तानीमा संसद् विघटन गरी अन्तरिम सरकार गठनको तयारी
इस्लामाबाद । पाकिस्तानको संसद् बुधबार विघटन हुने भएको छ । संसद्को विघटनले देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खानलाई समावेश नगर्ने निर्वाचनको पर्यवेक्षण गर्न कर्मचारीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको छ ।
गत वर्षको अप्रिलमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारलाई सत्ताबाट हटाइएपछि देश राजनीतिक उथलपुथलमा परेको छ । उनको पार्टीमाथि एक महिना लामो दमनपछि सप्ताहन्तमा उनी भ्रष्टाचारको अभियोगमा जेलमा छन् ।
संसद् विघटन भएको ९० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि निवर्तमान सरकारले भने ढिला हुन सक्ने सङ्केत दिइसकेको छ ।
खानको सत्ताच्युत गर्न एकजुट भएका देशका पुराना पार्टीहरूबीचको असम्भाव्य गठबन्धनले विश्वको पाँचौं ठूलो जनसंख्या भएको देशको नेतृत्व सम्हालेको १८ महिनाको अवधिमा खासै जनसमर्थन प्राप्त गर्न सकेको छैन ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नयाँ राहत, विदेशी ऋण, बढ्दो मुद्रास्फीति र कच्चा पदार्थ किन्नका लागि विदेशी मुद्राको अभावका कारण कारखानाहरूमा व्यापक बेरोजगारी हुँदा अर्थतन्त्र थप अस्तव्यस्त बनेको छ ।
‘पाकिस्तान इन्स्टिच्युट अफ लेजिस्लेटिभ डेभलपमेन्ट एन्ड ट्रान्सपरेन्सी थिंक ट्यांक’का अध्यक्ष अहमद बिलाल महबूबले नयाँ आर्थिक राजनीतिक परिवेशबारे भने, “आर्थिक निर्णयहरू सधैँ कठिन र प्रायः अलोकप्रिय हुन्छन्, त्यसैले तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लामो कार्यकाल भएको सरकार चाहिन्छ ।”
उनले गप भने, “यो निर्वाचनको महत्व छ किनकि यसले नयाँ सरकारको लागि पाँच वर्षको कार्यकालको निर्णय दिनेछ । निर्वाचनबाट आउने शक्तिलाई आदर्श रूपमा आर्थिक पुनरुत्थानको लागि महत्त्वपूर्ण निर्णयहरू गर्न अधिकार दिइनु पर्दछ ।”
सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको मुलुकलाई स्थायित्व दिन र निर्वाचनमा जान ढिलाइ हुन सक्ने अनुमान पाकिस्तानी राजनीतिकबारे जानकार विश्लेषकहरूले गरेका छन् । – (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण