इमरान खान जेलभित्रको झिँगा र लामखुट्टेले आजित : वकिललाई भने, ‘मलाई यहाँबाट निकाल’
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले जेलमा रहेका आफ्ना वकिललाई जेलाभित्रको झिँगा र लामखुट्टेको आतङ्कले आफू त्यहाँ बस्न नचाहेको बताएका छन् ।
इमरानले आफ्ना वकिललाई ‘जेल भित्र दिनभरि झिँगा र रात भरी लामखुट्टेले सताउने गरेको ’ बताए । पाकिस्तानको एक अदालतले तोसाखाना मुद्दामा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाएको छ ।
इस्लामवादको स्थानीय अदालतको फैसला आएको केही समयपछि शनिवार ७० वर्षीय इमरान खानलाई उनको घरबाट पक्राउ गरिएको थियो ।
उनले आफ्नो सजायविरुद्ध इस्लामाबाद उच्च अदालतमा अपिल गरेका छन् । जियो न्युजले अट्टक जेलका स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्षले आफ्नो कानुनी टोलीलाई आफू जेलमा बस्न नचाहेको बताएको जानकारी दिएको छ । स्रोतका अनुसार उनले भनेका छन्, ‘मलाई यहाँबाट निकाल्नुहोस्, मलाई जेलमा बस्नु छैन ।’
सोमबार जेल प्रशासनले इमरान खानका वकिल नईम हैदर पन्जोथालाई भेट्न अनुमति दिएको थियो । भेटपछि उनले पूर्वप्रधानमन्त्रीलाई निकै खराब अवस्थामा राखेर कारागारमा सी क्लासको सुविधा दिएको आरोप लगाए ।
पन्जोथाले भने, ‘यति हुँदाहुँदै पनि इमरान खानको मनोबल उच्च छ र उनले दास हुनुको साटो जीवनभर जेलमा बिताउनु स्वीकार्य रहेको बताए ।’
इमरान खानविरुद्ध २०१८ र २०२२ को बीचमा आफू प्रधानमन्त्री रहँदा सरकारी खजानाबाट उपहारहरू किनबेच गर्ने अधिकारको दुरुपयोग गरेको आरोप छ ।
उनले आफ्नो विदेश भ्रमणका क्रममा यी उपहार प्राप्त गरेका थिए जसको मूल्य १४ करोड पाकिस्तानी रुपैयाँ थियो ।
पाकिस्तानमा राष्ट्रका शीर्ष नेताहरूले प्राप्त उपहार सरकारी कोषको तोसाखानामा जम्मा गर्नुपर्ने नियम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण