सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खान जेलभित्रको झिँगा र लामखुट्टेले आजित : वकिललाई भने, ‘मलाई यहाँबाट निकाल’

बुधबार, २४ साउन २०८०, १६ : ५४
बुधबार, २४ साउन २०८०

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले जेलमा रहेका आफ्ना वकिललाई जेलाभित्रको झिँगा र लामखुट्टेको आतङ्कले आफू त्यहाँ बस्न नचाहेको बताएका छन् ।  

इमरानले आफ्ना वकिललाई ‘जेल भित्र दिनभरि झिँगा र रात भरी लामखुट्टेले सताउने गरेको ’ बताए ।  पाकिस्तानको एक अदालतले तोसाखाना मुद्दामा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाएको छ ।

इस्लामवादको स्थानीय अदालतको फैसला आएको केही समयपछि शनिवार ७० वर्षीय इमरान खानलाई उनको घरबाट पक्राउ गरिएको थियो ।

उनले आफ्नो सजायविरुद्ध इस्लामाबाद उच्च अदालतमा अपिल गरेका छन् । जियो न्युजले अट्टक जेलका स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्षले आफ्नो कानुनी टोलीलाई आफू जेलमा बस्न नचाहेको बताएको जानकारी दिएको छ । स्रोतका अनुसार उनले भनेका छन्, ‘मलाई यहाँबाट निकाल्नुहोस्, मलाई जेलमा बस्नु छैन ।’

सोमबार जेल प्रशासनले इमरान खानका वकिल नईम हैदर पन्जोथालाई भेट्न अनुमति दिएको थियो । भेटपछि उनले पूर्वप्रधानमन्त्रीलाई निकै खराब अवस्थामा राखेर कारागारमा सी क्लासको सुविधा दिएको आरोप लगाए ।

पन्जोथाले भने, ‘यति हुँदाहुँदै पनि इमरान खानको मनोबल उच्च छ र उनले दास हुनुको साटो  जीवनभर जेलमा बिताउनु स्वीकार्य रहेको बताए ।’

इमरान खानविरुद्ध २०१८ र २०२२ को बीचमा आफू प्रधानमन्त्री रहँदा सरकारी खजानाबाट उपहारहरू किनबेच गर्ने अधिकारको दुरुपयोग गरेको आरोप छ ।

उनले आफ्नो विदेश भ्रमणका क्रममा यी उपहार प्राप्त गरेका थिए जसको मूल्य १४ करोड पाकिस्तानी रुपैयाँ थियो ।

पाकिस्तानमा राष्ट्रका शीर्ष नेताहरूले प्राप्त उपहार सरकारी कोषको तोसाखानामा जम्मा गर्नुपर्ने नियम छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप