पदपूर्ति गर्न सामान्यले माग्यो सहसचिव र उपसचिवको विवरण
बुधबार, २४ साउन २०८०, १६ : ५८
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति गर्न सहसचिव र उपसचिवको रिक्त पदको विवरण मागेको छ ।
मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग,सचिवालय र निकायलाई परिपत्र गर्दै विवरण मागेको हो ।लोकसेवा आयोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक बर्षमा रिक्त हुने सहसचिव र उपसचिव (प्राविधिक र अप्राविधिक) दुबैतर्फको रिक्त पदको विवरण मागिएको परित्रपमा उल्लेख छ ।
परिपत्रमा भनिएको छ, ‘ सबै सेवा,समूह,उपसमूहका सहसचिव र उपसचिव तहका नेपाल सरकारको स्वीकृत ओएण्डएम अनुरुप रिक्त हुने संख्याको विवरण आगामी भदौं १० गतेभित्र उपलव्ध गराउनू। यसका लागि राष्ट्रिय किताबखानामा समेत रुजु गराई पछि फरक नपर्ने गरी विवरण पठाउनू ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण