वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने
काठमाडौँ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ ।
विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलवारदेखि सर्भर अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो ।
एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई समस्या भएको छ । तर यता वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताए ।
बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै उनले सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताए ।
उनले वैदेशिक रोजगारी सम्बन्धि सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको बताए । सरकार सर्भिस दिने काम धेरै अगाडि गएपनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताए ।
उनले अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण