शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने

बुधबार, २४ साउन २०८०, १७ : ५८
बुधबार, २४ साउन २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । 

विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलवारदेखि सर्भर अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो । 

एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई समस्या भएको छ । तर यता वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताए । 

बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै उनले सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताए । 

उनले वैदेशिक रोजगारी सम्बन्धि सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको बताए । सरकार सर्भिस दिने काम धेरै अगाडि गएपनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताए । 
उनले अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप