ल्हारक्यालको नियुक्तिप्रति नेकपा मालेको आपत्ति
काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेकोमा नेकपा मालेले आपत्ति जनाएको छ ।
बुधबार सो पार्टीका महासचिव सीपी मैनालीले विज्ञप्ति जारी गर्दै लुम्बिनी विकास कोषको उपाध्यक्ष जस्तो गरिमामय पदमा विवादास्पद व्यक्ति लामाको नियुक्ति हुनु सर्वत्र आलोचनाको विषय बनेको जनाएका छन् ।
ल्हारक्याल लामा रोजगारमा जानेलाई ठगी गरेको, दोहोरो नागरिकता लिएको जस्ता कसुरमा पटक पटक मुद्दा लागि सकेका व्यक्ति रहेको भन्दै नेकपा मालेले माओवादी कोटामा कोषको उपाध्यक्ष पदमा नियुक्त लामाले तिब्बती शरणार्थी परिचयपत्र र भारतीय रासन कार्ड सम्बन्धी मुद्दा पनि बोकिसकेको प्रस्ट पारेको छ ।
‘उपरोक्त कुराहरु उनका परिचितहरुबीच अज्ञात नरहेका भए पनि उनको नियुक्ति कस्ता अपारदर्शी कार्य र कारणहरुले गर्दा सम्भव भएको हो भन्ने रहस्य सबैमा कौतुहलको विषय बनेको छ,’ महासचिव मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
ल्हारक्याल लामा यतिबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका भए पनि उनी आफ्नो पदीय आकांक्षा पूरा गर्न कहिले कांग्रेस त कहिले एमालेमा प्रवेश गरी विभिन्न नियुक्ति लिई सकेका अविश्वसनीय व्यक्ति रहेको पनि मैनालीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘लुम्बिनी विकास कोष जस्तो पवित्र ठाउँमा यस्तो विवादास्पद चरित्रका लामाको नियुक्ति अवाञ्छित र अनुपयुक्त छ । यसबाट यिनको चरित्रबारे जानकार बौद्धमार्गी समुदाय र नेपाली जनताको भावनामा ठूलो ठेस लागेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले सत्ताधारी पार्टी नेकपा माओवादी केन्द्रले रटान लगाइरहेको स्वच्छ प्रशासन र सुशासनको नाराको समेत धज्जी उडाएको छ ।’
नेकपा मालेले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट रत्तिभर ढिलाइ नगरी मुक्त गर्न सरकारसँग मागसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण