सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष लिङ्देन

बुधबार, २४ साउन २०८०, २१ : १३
बुधबार, २४ साउन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सबै जाति र समुदायको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् । २९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौँमा भएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा उनले सबै जातजाति, भाषा, धर्म तथा संस्कृतिको संरक्षण समानरूपमा गर्नु राज्यको दायित्व रहेको बताएका हुन् ।

उनले भने, “अल्पसङ्ख्यक जातिको समुदाय पनि यहाँ छ । सबैले आफ्नो समुदाय मात्र ख्याल गर्ने हो भने त्यस्ता खालका जाति समुदाय लोप हुन सक्छन् । कुनै पनि बेला सांस्कृतिक अतिक्रमणको सिकार बन्न सक्छन् । पछिल्लो समय धर्म परिवर्तन प्रबलरूपमा बढेको छ । यसले झन् कुनै पनि समुदाय अर्को जनगणना आउने बेलासम्म समाप्त हुन सक्छ । त्यसकारण पनि राज्यले सबै जाति समुदायको संरक्षण समानरूपमा गर्नुपर्छ ।”

राप्रपा मन, वचन र कर्मले सबै विविधताको संरक्षण गर्ने पक्षमा छ भन्दै उनले राप्रपाले सबैलाई समानरूपले हेर्ने गरेको बताए । सरकारमा जाने मौका पाएको अवस्थामा राप्रपाले सम्पूर्ण जाति, भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने उनको भनाइ थियो । शान्त मुलुक नेपालमा बसेका आदिवासी जनजातिले कसैको आडमा बसेर आगामी दिनमा कुनै किसिमका द्वन्द्व, हिंसा, अपराध विरोध र विद्रोह गर्ने खालका अनैतिक कर्म नगर्नसमेत उनले सम्पूर्णमा आग्रह गरे ।

राप्रपाका पूर्वअध्यक्ष तथा सांसद पशुपति शमशेर राणाले आफू सधैँ जनजातिका पक्षमा रहेको बताए । उनले देशको राजनीतिमा जनजातिको ठूलो हिस्सा रहेको भन्दै आदिवासी जनजाति देशको महत्त्वपूर्ण स्थानमा पुग्न सफल भएकामा खुसी लागेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप