एनआरएनए यूएईद्वारा राहत तथा उद्धार समिति गठन, संयोजकमा ठकुरी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले राहत तथा उद्धार समिति गठन गरेको छ । उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा अरुण अधिकारी, मानबहादुर सुनार, प्रकाश थापा, गीता विष्ट, विनोद रत्न तुलाधर, कुमार श्रेष्ठ र नवराज श्रेष्ठ रहेका छन् ।
एनआरएनए यूएई नेपाल एसोसिएसनको नाममा दुबई र नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट मान्यता पसंस्था हो । आम नेपाली श्रमिकहरुको स्वयंसेवी सेवा र सहयोगका लागि समिति गठन गरिएको अध्यक्ष विकास शाहीले जानकारी दिए ।
समितिले स्थानीय प्रहरी, स्थानीय सम्वन्धित निकायहरु, नेपाल सरकार, नेपाली राजदूतावास तथा अन्य सरोकारवालाहरुसँग समन्वय गरी रोजगारीको सिलसिलामा युएई आएर समस्यामा परेका वास्तविक पिडीत नेपालीको राहत सहयोग र उद्दारका लागि काम गर्ने शाहीको भनाइ छ ।
आपतमा परेका वास्तविक पीडीतहरुले संयोजक तथा सदस्यहरुलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण