गृहले गौर हत्याकाण्ड पीडितसँग गरेको सम्झौताप्रति माओवादी नेता शर्मा आक्रोशित
जनकपुरधाम । गृह मन्त्रालयले गौर हत्याकाण्डका पीडितहरूसँग गरेको सम्झौताप्रति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले आक्रोश व्यक्त गरेका छन् ।
गृह मन्त्रालयले गत सोमबार पीडितहरूसँग दोषीलाई कारबाही गर्ने लगायतका सम्झौता गरेपछि उनी आक्रोशित बनेका हुन् । उक्त घटनामा नेता शर्माविरुद्ध पनि जाहेरी दर्ता छ ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा रहेका माओवादी नेता शर्माले आफ्नो फेसबुक पेजमा गौर हत्याकाण्डको मुख्य दोषी नै प्रभु साह रहेको आक्षेप लगाउँदै लेखेका छन्,‘प्रभु साहको घमन्ड, अहङ्कार र उच्च राजनीतिक महत्त्वाकाङ्क्षा, गृह प्रशासनको मौनता र परिवर्तन विरोधी शक्तिको चलखेलको समग्र परिणाम नै गैर हत्याकाण्ड हो !'
उक्त घटनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र शर्मासहित १ सय ३० जनामाथि कारबाही माग गर्दै जाहेरी दिइएको छ । २०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको उक्त घटनामा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण