चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन आह्वान
काठमाडौँ । रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान गरिएको छ । सिफारिस समितिले १५ दिने सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेको हो ।
हालका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको सकिन लागेपछि साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले आवश्यक योग्यता पुगेका व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो ।
आयोगको उपाध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र कुनै पनि विधामा कम्तीमा स्नातकोत्तरको उपाधि प्राप्त गरी चिकित्सा शास्त्रको कुनै पनि विषयमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले समेत आवेदन दिन सक्नेछन् ।
शिक्षण संस्थाको हकमा बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सा शिक्षा विज्ञको रूपमा ख्याती प्राप्त गरेको पुस्ट्याइँ हुने प्रमाण वा स्वयम घोषणा गरेको व्यक्तिले समेत आवेदन दिन पाउनेछन् ।
योग्य व्यक्तिले ४ वर्षे व्यावसायिक कार्ययोजनासहितको सोचपत्र पेस गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण