सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा बैठक

साउन ३१ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

शुक्रबार, २६ साउन २०८०, १६ : ५६
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो ।

एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको थियो ।

झन्डै १० मिनेट सत्तापक्ष र प्रतिपक्षका सांसदहरु बैठकमा उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप