संखुवासभा घटना : कारागारमा खटिएका १० जना प्रहरीमाथि छानबिन
काठमाडौँ । संखुवासभा कारागारमा दुईजना कैदीबन्दीको हत्या भएको घटनामा प्रहरी अधिकारीहरुकामाथि पनि छानबिन थालिएको छ । साउन २४ मा कारागारमा झगडा हुँदा आकाश बलामी र बिनोद तोलाङ्गेको मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न आरोपमा कारागारमा खटिएका असई सहित १० जना प्रहरीमाथि छानबिन थालिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बस्तोलाले रातोपाटीलाई बताए । कुटपिटमा संलग्न ९ जना कैदीबन्दी यसअघि नै पक्राउ परेका थिए ।
कारागारको सुरक्षामा खटिएका ७ जना जवानसहित १० जना प्रहरीलाई अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाको आन्तरिक थुनामा राखिएको छ । उनीहरु हत्यामा समेत संलग्न देखिएको अनुसन्धानमा संलग्न एकजना अधिृकतले रातोपाटीलाई बताए । घटना छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेल संखुवासभामा गएका छन् ।
बाथरुमको रड काटेर जेलबाट भाग्न लागेको देखेपछि आकाश बलामी र बिनोद तोलाङ्गेलाई ड्युटीमा खटिएका प्रहरीले कुटेका थिए । त्यसपछि अन्य कैदीहरुले ‘जेल तोडेर किन भाग्न खोजेको ?’ भनेर विवाद गर्दा दुई पक्षको बीचमा कुटाकुट भएको थियो । कुटपिटबाट घाइते भएका बलामी र तोलाङ्गेलाई उपचार गर्न लैजाँदा मृत्यु भयो ।
हत्यामा संलग्न आरोपमा नाइके रामबहादुर कार्की भन्ने राम कार्कीसहित ९ जनाविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण